सन्दीपको अन्तर्राष्ट्रिय ओडीआई बलिङ बरियताक्रम यथावत्

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटको बलिङ वरियतामा यथावत रहेको छ ।

हालैको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वरियतामा सन्दीप १९ औँ स्थानमा यथावत छन् ।

बलिङ वरियतामा सोमपाल कामी ६७औँ स्थानमा रहे भने दिपेन्द्रसिंह ऐरी ५५औँ स्थानमा रहे । अर्का फास्ट बलर करण केसी ९० औं स्थानमा यथावत छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल ब्याटिङ क्रममा ६७ औं स्थानमा छन् । ब्याटिङमा ओपनर आसिफ शेख अझै ७४ औँ स्थानमा छन् ।

नेपाल अझै १४ औं स्थानमा छ । नेपालपछि नेदरल्याण्ड, ओमान, नामिबिया, अमेरिका, संयुक्त अरब इमिरेट्स र पपुवा न्युगिनी छन् ।

अष्ट्रेलिया पहिलो, पाकिस्तान दोस्रो, भारत तेस्रो र न्यूजिल्याण्ड चौथो स्थानमा छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *