महासंघको स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिको सभापतिमा भक्त हमाल

स्वास्थ्य क्षेत्रमा ३ दशकको अनुभव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिको सभापतिमा भक्त हमाल चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम उनलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन् ।

नेपालको स्वास्थ्य क्षेत्रमा करिव ३ दशकदेखि सक्रिय हमाल महासंघको कार्यकारिणी सदस्यमा २ पटक निर्वाचित भइसकेका छन् । महासंघमा वस्तुगत संघबाट प्रतिनिधित्व गर्दै आएका हमाल यस अघि स्वास्थ्य तथा सीप विकास समितिका सहसभापति थिए ।

उनले नेपालमा अन्तरराष्ट्रिय स्तरमा मेडिकल सामग्री आयात तथा सेवा प्रदान गर्दै आएका छन् । पर्यटन, कृषि, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा समेत आफ्नो लगानी विस्तार गर्दै आएका हमालले पछिल्लो समय महासंघभित्र रहेका व्यवसायीक हित र जनसेवाका काममा सक्रिय रहँदै आएका छन् ।

उक्त समितिमा सभापतिमा हमालको नियुक्तीसँगै देशको स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार र विपद् व्यवस्थापनमा थप सहयोग पुग्ने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । साथै उनको नियुक्तिसँगै महासंघको छवी र प्रतिष्ठालाई अझ बढी सशक्त रुपमा अघि बढाउन सहयोग पुग्ने विश्वास ढकालले व्यक्त गरे ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *