सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्टुन प्रदर्शनी (तस्बिरहरू)

काठमाडौँ । कार्टुनिस्ट क्लब अफ नेपालले सडक सुरक्षा सचेतनामूलक कार्टुन प्रदर्शनीको आयोजना गरेको छ ।

संयुक्त राष्ट्रसंघ विश्व सडक सुरक्षा सप्ताहको अवसरमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलको ग्यालरीमा मंगलबारदेखि ‘सडक यात्रा’ शीर्षकमा कार्टुन प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनी तीन दिनसम्म चल्नेछ । भने, काठमाडौँ उपत्यकाका बस स्टेसन र सडकका मुख्य चोकहरूमा पनि साताभर सचेतना कार्यक्रम गरिने आयोजकले बताएको छ ।

प्रदर्शनीमा नेपालका वरिष्ठदेखि कनिष्ठ कार्टुनिस्टहरूद्वारा बनाइएका ३० वटा कार्टुन राखिएका छन् । कार्टुनमार्फत असुरक्षित तवरले सडकमा सवारी चलाउने प्रवृत्तिविरुद्ध सन्देश प्रवाह गरिएको छ ।

प्रदर्शनीमा हेल्मेट नलगाईकन मोटरसाइकल चलाउने, तीव्र गतिमा सवारी हाँक्ने, सडक लेन मिच्ने, गाडी चलाउँदा मादक पदार्थ सेवन गर्ने, लागूपदार्थ खाने, मोबाइल फोन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्नेलगायतका प्रवृत्तिले सडकमा दुर्घटना हुने गरेको विषयलाई कार्टुनमा औँल्याइएको छ ।

साथै, अपांगता भएका, वृद्ध वृद्धा, बालबालिका तथा अशक्तहरूका लागि सडकमा विशेष ख्याल पुर्‍याउनुपर्ने सन्देश पनि कार्टुनमार्फत दिइएको छ ।

तस्बिरहरू :

 

     

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *