ह्वावे क्लाउडले ल्यायो साझेदारहरुका लागि नयाँ फ्रेमवर्क

काठमाडौँ । विश्वको अग्रणी प्रविधि कम्पनी ह्वावेले उपत्यकामा एक कार्यक्रम आयोजना गरी आफ्ना साझेदारहरू बीच २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ ।
ह्वावेका डेभलपमेन्ट पार्टनर जितेन्द्र कुमार शर्माले संचालन गरेको सो कार्यक्रममा नेपालका ह्वावे क्लाउड पार्टनरहरू प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वर्ल्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागिता रहेको थियो ।
ह्वावेले क्लाउडले गो क्लाउड र ग्रो क्लाउड फ्रेमवर्कले पुनर्विक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारहरूलाई प्रोत्साहन र लगानीका अवसरहरूको दायरा फराकिलो पारेको बताएको छ ।
ह्वावे क्लाउडका अनुसार ह्वावेको ग्रो क्लाउड योजनामा स्टयानडर्ड, एडभान्स, प्रिमियम र स्ट्राटेजिक गरी चारवटा प्याकेजहरू रहेको छ । प्रत्येक प्याकेजमा विभिन्न इन्सेनटिभहरु जस्तै त्रैमासिक र वार्षिक वृद्धि लाभहरू र ह्वावेको एडभान्स क्लाउड सर्भिसको बिक्रीमा विशेष लाभको योजनाहरू पनि ल्याएको छ ।
नयाँ प्याकेजले मार्केटिङ डेभलपमेन्ट फण्ड, ह्वावे क्लाउड प्रयोग गरे बापत नगद कुपन र साझेदारका कर्मचारीहरूलाई बिक्री विस्तार गर्नका लागि प्रोत्साहन कार्यक्रम सहित पाँच थप फाइदाहरू पनि प्रदान गर्नेछ ।
क्लाउडले यस प्याकेजको प्रमुख प्राथमिकता साझेदारहरूको व्यवसायलाई सफल हुन आवश्यक उपकरण र स्रोतहरू उपलब्ध गराएर प्रोत्साहन भएको बताएको छ । क्लाउडमा अनुसार क्षमता विकास र प्रमाणीकरणमा साझेदारहरूलाई ह्वावेद्वारा उपलब्ध गराइएका निःशुल्क प्राविधिक कोर्सहरू र प्रमाणपत्रहरू मार्फत आफ्नो सीप र विशेषज्ञता विकास गर्ने अवसर दिन्छ ।
क्लाउडले ह्वावेकोको गो क्लाउड सर्भिस नयाँ प्याकेजको अर्को महत्त्वपूर्ण पक्ष भएको बताएको छ । यस प्याकेजले क्लाउड रिसेल, कन्सल्टिङ, क्लाउड माइग्रेसन र कार्यान्वयन, एप्लिकेसन रि आर्किटेक्ट, क्लाउड नेटिभ डेभलपमेन्ट र व्यवस्थापन जस्ता सेवाहरू मार्फत व्यावसायिक क्लाउड सेवाहरू निर्माण गर्न सेवा साझेदारहरूलाई सहयोग गर्ने बताएको छ ।
ह्वावेले विभिन्न योजनाहरू मार्फत साझेदारहरुसंगको सम्बन्ध सुदृढ बनाउन र प्रविधिको पहुँच देश व्यापी रूपमा विस्तार गर्न प्रतिबद्धता जाहेर गरेको छ ।








