भन्सार छलेर ल्याउने समूह र प्रहरीबीच कञ्चनपुरमा तनाब, ४ प्रहरी घाइते

भारतबाट भन्सार छलेर ल्याउने समूह र प्रहरीबीच कञ्चनपुरमा तनाब भएको छ।

भन्सार छलि गरी ल्याइरहेको सामान जाँच गर्दा पश्चिमी सीमा नाका गड्डाचौकी नजिक सुकासाल क्षेत्रमा प्रहरीमाथि आक्रमण भएको हो।

भन्सार छलेर सामान ल्याउने समूहले विवाद भएपछि सुकासालस्थित अस्थायी प्रहरी बिट भत्काएका छन्।

जाँचमा खटिएका प्रहरीमाथि आक्रमण पनि भएको र ४ जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरुले भने प्रहरीले आफूहअरुलाई अनावश्यक दुख दिएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *