पहिलो पटक तुम्लिङटारमा बुद्ध एयरको ७२ सिटे जहाजकाे उडान

काठमाडौँ । संखुवासभाको तुम्लिङटार विमानस्थलमा पहिलो पटक एटीआर ७२ सिटे जहाजले उडान सुरु गरेको छ । बुद्ध एयरको एटीआर ७२ सिटे जहाजले पहिलो पटक काठमाडाैँदेखि हिमाली जिल्ला तुम्लिङटारमा उडान सुरु गरेको बुद्ध एयरले जनाएको छ ।

यसअघि बुद्ध एयरले उक्त विमानस्थलमा उडानका लागि परीक्षण उडान गरेकाे थियाे । सबै तयारी पूरा भएपछि मंगलबारदेखि व्यवसायिक उडान गरिएकाे बुद्ध एयरका कम्युनिकेशन म्यानेजर दीपेन्द्र कर्णले बताए ।

यसअघ उक्त विमानस्थलमा बुद्ध एयरले ४२ सिटे जहाजमार्फत सेवा दिँदै आएको थियाे । यात्रुकाे चाप पनि बढेकाे र कम्पनीसँग ७२ सिटे एटीआर जहाज समेत उपलब्ध भएकाेले नयाँ सेवा विस्तार गरिएकाे उनले बताए ।

प्रतिक्रिया

One thought on “पहिलो पटक तुम्लिङटारमा बुद्ध एयरको ७२ सिटे जहाजकाे उडान

Leave a Reply

Your email address will not be published. Required fields are marked *