खाँणलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो (तस्बिरहरू)

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई सरकारी वकिल कार्यालय लगिएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका उनलाई केही बेरअघि सरकारी वकिल कार्यालय बबरमहल लगिएको हो ।

त्यहाँ उनीसँग थप बयान लिइनेछ । यसअघि सरकारी वकिल र प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र पूर्व गृहसचिव टेकनारायण पाण्डेको बयान आइतबार सकेको छ । योसँगै खाँणअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ । तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्ने जनाइएको छ ।

अब आजदेखि नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणको बयान थालिने भएको हो । जिल्ला अदालत काठमाडौँले यो मुद्दा अनुसन्धानका लागि आइतबार खाँणविरुद्ध थप चार दिन समय दिएको छ । सोही प्रकरणमा फरार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि आइतबार साँझ पक्राउ परिसकेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १३ पुगेको छ ।

प्रतिक्रिया

One thought on “खाँणलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो (तस्बिरहरू)

  1. हालको सरकार र नेपाल प्रहरीलाई प्रश्न : अपराध भनेको के हो ?
    नेपालको संविधानको कुन धारामा धुलालाई बिना हतकडी सेवा सुविधा सहित हिरासतमा राख्न मिल्छ भनेर ?
    अनि अरू नेतालाई भोलि झनै आनन्द भएन ? यदि पक्राउ परेनी बाहिरको भन्दा भिआइपी सुविधा सहित भित्र बस्न पाइन्छ भनेर ?
    कानुनको अपव्याख्या नगरौँ,
    भ्रष्ट नेता अनि निरीह प्रहरी प्रशासन !
    कठै !

Leave a Reply

Your email address will not be published. Required fields are marked *