भाेलिदेखि विदेशबाट फर्किने नेपाली कामदारले साथमा २ वटा मोबाइल ल्याउन पाउने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले १ जेठ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) लागु गर्ने भएको छ ।

यस्तो व्यवस्था लागु भएपछि प्राधिकरणले श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका र फर्किनेहले मात्रै साथमा २ वटासम्म मोबाइल ल्याउन पाउने ब्यवस्था गर्न लागेको छ । सरकारले निजी प्रयोगका मालबस्तुसम्बन्धी आदेश २०७७ को व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन पाउने ब्यवस्था गरेको हो ।

नेपालमा मोबाइल फोनसेटको आयात र प्रयोगलाई ब्यवस्थित बनाउने भन्दै प्राधिकरयाले एमडीएमएस लागु गर्ने जनाएको छ ।

‘व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमस प्रणालीमा स्वत दर्त हुने व्यवस्था गरिएको छ,’ प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, ‘निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरु सम्बन्धित व्यक्ति स्वयमले दर्ता गर्न सक्ने छन्।’

दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नु पर्ने प्राधिकरणले सूचनामा जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *