पुराना सेयर ब्रोकरले लाइसेन्स रोक्न खोजेको भन्दै ४३ नयाँ ब्रोकरले सुरु गरे विरोध

काठमाडौँ । पुराना सेयर ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपालको दबाबमा नयाँ ब्रोकर लाइसेन्स रोख्न खोजिएको भन्दै विरोध सुरु भएको छ ।

नयाँ दलाल व्यवसयी (ब्रोकर)को लाइसन्स लिने अनुमतिका लागि आशयपत्र पाएका ४३ कम्पनीले विरोध सुरु गरेका हुन् । उनीहरुले नेपाल धितोपत्र बोर्ड, तत्कालिन मन्त्रीपरिषद् र सर्वोच्च अदालतमाथि स्टक ब्रोकर एशोसिएशनले आर्थिक चलेखेको आरोप लगाएको भन्दै उक्त आरोप पुष्टी गर्न पनि चुनौती दिएका छन् ।

‘नेपालको इतिहासमा पहिलोपटक समयसीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरु सक्दै पूर्ण रुपमा पारदर्शी ढंगबाट सबै प्रक्रियाहरु सम्पन्न गरी कार्य अगाडि बढाएको देखेको र सो उपर हामीहरुले १ पैसा समेत खर्च नगर्नु परेको सम्भवतः यो नै पहिलो घटना हो,’ ब्रोकर लाइसेन्सको लागि आशयपत्र पाएको ४३ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एसोशिएसन अफ नेपालले लगाएको हुँदा भन्दै उनीहरुले आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।

‘आरोप प्रमाणसहित प्रमाणित गर्न हामी चुनौती दिन्छौ । आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा हामी त्यसउपर कानूनी उपचार खोज्न बाध्य हुनेछौं,’ विज्ञप्तिमा भनिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *