उद्योग सङ्गठन मोरङको अध्यक्षमा सुराना, महिलाविहीन कार्यसमिति

विराटनगर । उद्योग सङ्गठन मोरङमा नयाँ कार्य समिति चयन भएको छ । शुक्रवार भएको अधिवेशनबाट आगामी २ वर्षका लागि शनिवार भएको निर्वाचनमा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
आगामी कार्यकालको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा राकेश सुराना निर्वाचित भएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा नन्द किशोर राठी, उपाध्यक्ष (वित्तीय क्षेत्र) पदमा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि-उर्जा-जलश्रोत) पदमा भोलेश्वर दुलाल र उपाध्यक्ष (रोजगारदाता) पदमा विपिन कावरा निर्वाचित भए । त्यस्तै कोषाध्यक्ष पदमा सुबोध कोइराला निर्विरोध निर्वाचित भएका छन् ।
त्यसै गरी कार्यसमिति सदस्यको ८ पदमा सन्तोष कुमार भगत, इन्द्र खत्री (राजन), सौरभ सारडा, सुरेन्द्र कुमार गोल्छा, पारस लुनिया, सृजन प्याकुरेल, दीपक कुमार अग्रवाल र वीरेन्द्र राठी निर्विरोध निर्वाचित हुनु भएको छ ।








