घट्दो अर्थतन्त्र, बढ्दो खालि सटर (तस्बिरहरू)

काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा पसल बेच्ने र पसल नै बन्द गरेर हिँड्नेको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा छ । अहिले काठमाडौँका पुराना र विस्तारित बजार जताततै उस्तै निराशाको अवस्था छ ।

भव्य देखिने धेरै व्यापारिक मल अहिले सुनसान जस्तै छन् । सटरमा फोन नम्बरसहित ‘टु-लेट भाडामा’ लेखेका बोर्डहरू प्रशस्तै देखिन्छन् । व्यापारीहरू चिन्ताजनक छन् यस्तो अवस्था देखेर । देशकै राजधानी जस्तो ठाउँको हालत यस्तो छ भने राजधानी बाहिरको अवस्था नि नाजुक बन्न सक्ने खतरा हुन सक्छ भन्छन् अर्थविदहरु ।

कोभिडपछि सुस्ताएको व्यापारलाई उकास्नलाई सरकारले केही नीति र निर्णय नगरेको नि आरोप लगाउँछन् व्यापारीहरू । सानादेखि ठुला सबै व्यापार अहिले पहिलाको भन्दा न्यून नै छ भन्दा हुन्छ । राजधानीका मलहरू कुनै बेला हप्ताको सातै बार भिडभाड हुने गर्थ्यो तर अहिलेको अवस्था फरक छ, ठुला ठुला भनिएका मल कम्पलेक्सहरु सुनसान मात्र देखिन्छन् ।

ठुला र मुख्य व्यापारिक क्षेत्रका मलहरूको अवस्था नि उस्तै छ, मलभित्रकै सटर खाली हुँदै गएको छ । मलभित्र हुने रेस्टुरेन्ट व्यवसायीहरूको गुनासो पनि उही छ, मलमा मान्छे आउँदैनन् हामी यहाँ कसलाई सेवा दिने भन्ने गुनासो पोख्छन् रेस्टुरेन्ट व्यवसायीहरू । बाहिर होटल व्यवसायीहरूको नि समस्या उही छ, काठमाडौँमा अधिकांश बास बस्न सुन्धारा, बसपार्क क्षेत्रका होटलहरु पनि अहिलेको समयमा सुनसान नै देखिन्छन् ।

मुख्य व्यापार हुने क्षेत्रका भवनहरूमाथि अहिले व्यापारिक र अफिसका बोर्ड कम टु-लेट लेखेको मात्र देखिन पाइन्छ । रोडसाइडमा हुने पार्किङ हटाइएका कारण ग्राहक आउनै नपाएर पनि व्यवसाय सुकेको व्यवसायीहरूको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *