सरकारले उच्च शिक्षा पूर्ण निःशुल्क गर्नुपर्छ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्ण रुपमा निःशुल्क गराउन सक्नुपर्ने बताएका छन् ।

शुक्रवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो आवश्यक्ता बमोजिम सरकारले प्राविधिक र गैरप्राविधिक क्षेत्रमा लगानी बिस्तार गरी काम अघि बढाउनुपर्ने बताए । उनले देशको लागि आवश्यक जनशक्ति यहीँ नै उत्पादन गर्नसके मात्रै शिक्षा क्षेत्रको विकास हुने बताए । उनले सरकारले स्वदेशमा नै उच्च गुणस्तरीय शिक्षा दिने ग्यारेन्टी गरेर विद्यार्थीहरुलाई विदेश अध्ययनका लागि जान रोक लगाउनुपर्ने बताए । शैक्षिक शक्ति निर्माण गर्न र विश्वमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति निर्माण गर्ने कुराको ग्यारेन्टी विश्वविद्यालयले लिन सक्नुपर्ने पनि बताए ।

उनल भने ‘उच्च शिक्षामा नेपालको सरकारले पूर्ण रुपमा निःशुल्क गराउन सक्नुपर्छ । आफ्नो आवश्यक्ता बमोजिम प्राविधिक र गैरप्राविधिक क्षेत्रमा अघि बढाउनुपर्छ । हाम्रो आवश्यक्ता हो । हामीले त्यो आवश्यक्ताका निम्ति त्यस्ता विज्ञ व्यक्ति तयार गर्नसक्छौँ र बाहिर हामीले पठाएर वैदेशिक मुद्रा आर्जन गर्नसक्ने गरी हामी जानुपर्छ । नपढेका, नजानेका अस्ताक्षर गर्न नसक्ने व्यक्ति जानु भन्दा त यस्ता मानिस जानु हाम्रो निम्ति गौरवको विषय हुन्छ । त्यस्तो शैक्षिक शक्ति कति उत्पादन गर्ने ? कति हाम्रो देशको निम्ति आवश्यक्ता छ ? यो दिशामा नगइकन शिक्षामा विकास हुन सक्दैन । सरकारले ख्याल गर्नुपर्छ की किन विदेश जाने पढ्नको लागि बन्द गर्न सकिँदैन ? र विश्वविद्यालयले भन्न सक्नुपर्छ, हामी उच्च शिक्षाको निम्ति संसारको कुनैपनि ठाउँमा प्रतिष्पर्धा गर्नसक्ने शिक्षा हामी प्रदान गर्नसक्छौँ, हामी तयारी गर्छौं । त्यसको निम्ति कस्तो नीति चाहियो, कस्तो आर्थिक सहायता चाहियो ? यो विषय आउनुपर्छ र सुन्नेले सुन्नुपर्छ ।’

सदस्य गौतमले नेपाललाई चाहिने विज्ञ जनशक्ति कसरी नेपालमा नै उत्पादन गर्ने भन्ने बारेमा राज्य संवेदनशील हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =