भक्तपुरका किसानलाई गहुँ काट्ने चटाराे (तस्बिरसहित)

काठमाडौँ । अहिले भक्तपुरका खेतमा पहेँलै गहुँका बालाहरू झुलिरहेका छन् । पाकेर फुरिरहेका छन् । मङ्सिर–पुसमा छरिएका  उक्त गहुँ उम्रिँदै, हरियो हुँदै, दाना लाग्दै किसानको घरमा भित्रिन तयार भएका छन् ।

यतिखेर यहाँका किसान गहुँ काट्न, झार्न र भित्र्याउन व्यस्त देखिन्छन् । गहुँको काम गाह्रो र झन्झटिलो भए पनि नयाँ गहुँ भित्र्याउँदा सबै दुःख बिर्सने उनीहरू बताउँछन् ।

विगतभन्दा यस वर्ष गहुँ ‘चिम्रो’ भएको किसान शर्मिला तामाङ बताउँछिन् । उनका अनुसार यसपाली पानी नपरेर गहुँ पोसिलो हुन पाएन । राम्रो उत्पादन भए पनि दाना पोटिलो नभएको उनको गुनासो छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *