‘सङ्घीयता कार्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार’

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले सङ्घीयता पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने बताएका छन् ।

दिगो विकासको अवधारणाहित सरकारले काम गरिरहेको बताउँदै सरकारका प्रवक्ता समेत रहेका उनले नीति नियमभित्र रही आम नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने गरी वर्तमान सरकार लाग्ने बताए ।

कानुन दिवसको अवसरमा आज बुटवलमा आयोजित कानुन र सुशासन विषयक साक्षात्कार कार्यक्रममा मन्त्री पाण्डेले जनताले अनुभव गर्ने गरी काम गर्ने टोली सहितको मन्त्रिमण्डल सरकार शुक्रबारसम्म विस्तार हुने बताए । उनले जनताका काम गर्न सहज हुने गरी एक मन्त्रालय थप गरिने पनि जानकारी दिए ।

नेकपा (एमाले) का प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आफ्नो दल कानुनी राज्यको पूर्ण पालना र सुशासनको पक्षमा रहेको बताए । उनले प्रदेश सरकार कानुनको अभावका कारण सोचेअनुसारको गति लिन नसकेको बताउँदै अधुरा ऐन र कानुन निर्माणमा सहयोग गर्ने जानकारी दिए ।

प्रमुख सचेतक चौधरीले आर्थिक सङ्कटको अवस्थामा पनि मन्त्रालय थप्नु सुशासन बिरुद्ध हुने बताए । वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले नक्कली शरणार्थी काण्डले देशमा राजनीतिक नेतृत्व र कर्मचारीका भष्ट्र रहेको देखिएको बताए । उनले मुलुकलाई सही बाटोमा लैजान नागरिक सचेत भई खबरदारी गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *