यसरी हटाइँदैछ काठमाडौँका अव्यवस्थित तार (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका अव्यवस्थित तार व्यवस्थित बनाउने काम सुरु भएको छ । माइतीघर मण्डला र न्यूरोड क्षेत्रबाट अव्यवस्थित तार हटाउन सुरु गरिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरू र काठमाडौँ महानगरपालिका बिच आइतबार भएको छलफलमा सोमबारदेखि महानगर क्षेत्रका अव्यवस्थित तारलाई व्यवस्थित बनाउने सहमति भएको थियो ।

सहमति अनुसार झुन्डिएका तार काट्ने र प्रयोग नभएका ५० प्रतिशत तार हटाइनेछ । आजदेखि चुँडिएका तथा लत्रिएका तारलाई हटाउने र व्यवस्थित ढङ्गले टाँग्ने काम सुरु भएको महानगरका प्रहरी उपरीक्षक मनोज लामिछानेको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *