एमालेले भन्यो : ‘प्रधानमन्त्रीज्यू टिकट काटेर बसेका छौँ फिल्म देखाउनुस्’

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भ्रष्टाचारको फिल्म देखाउने भनेकाले आफूहरू फिल्म हेर्न टिकट काटेर बसेको बताएका छन् ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणको बारेमा फिल्म हेर्न आफूहरू आतुर भएकाले आफूहरू टिकट काटेर बसेको बताएका हुन् ।

आइतबार प्रतिनिधि सभाको बजेट अधिवेशनमा बोल्दै उनले यस्तो बताए ।

‘अहिले सम्माननीय प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँडिरहनुभएको छ। हामीले यो भ्रष्टाचारका सवालमा, यो ट्रेलर मात्रै हो फिल्म त आउन बाँकी नै छ भनेर,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्नका निम्ति आतुर छौँ। हामी तपाईँले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ। टिकट काटेर बसेका छौँ फिल्म देखाउनुस्।’

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शरणार्थी प्रकरणबारे अहिलेको घटनाक्रम ट्रेलर मात्रै भएको र फिल्म देखाउन बाँकी रहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =