देश कुनै पनि बेला दुर्घटनामा जान सक्छ : सांसद जबरा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले सरकार जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् ।

आईतवार पार्टी निकट महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सांसद जबराले देश कुनैपनि बेला दुर्घटनामा जानसक्ने जिकिर गरे । उनले देश राम्रोसँग सञ्चालन भइरहेको छ भनेर ढुक्क हुने अवस्था नरहेको बताए । उनल राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङदेनको अध्यक्षतामा रहेर जस्तोसुकै परिस्थितिको सामना गर्न सक्षम रहेको उल्लेख गरे ।

उनले भने ‘सरकार कहाँ जाने, के हुने कसैलाई थाहा छैन, कुनैपनि बेला जे पनि हुनसक्छ । तर यो बिडम्बनापूर्ण परिस्थितिमा हामी ढुक्क हुने आधार छैन । यो मुलुकमा जस्तो जे स्थिति आउँछ, राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङदेनको अध्यक्षतामा त्यो परिस्थितिलाई सामना गर्न तयार छ ।’

सांसद जबराले नेपालमाथि आइपर्ने समस्याको सामना गर्न राप्रपा तयार भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =