सिम्रिकका सबै हेलिकोप्टर उडानमा रोक

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयर कम्पनीका सबै हेलिकोप्टर उडानमा रोक लगाएको छ ।

कम्पनीले सञ्चालन गर्दै आएका सबै हेलिकोप्टरको चेकजाँच पूरा नहुन्जेलसम्मका लागि उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ ।

शुक्रबार संखुसाभसभाको भोटखोला गाउँपालिकमा सिम्रिकको हेलिकप्टर दुर्घटनामा परेपछि सिम्रिकको हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाइएको हो ।

सामान ढुवानीका क्रममा हेलिकाप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे थियाे । ४ जना घाइते भएका छन् ।

उडानका क्रममा सिम्रिकले हवाई सुरक्षा मापदण्ड पालना गरेनगरेकोबारे प्राधिकरणले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *