गीतकार किरण खरेललाई दिइयो २ लाख राशिको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’

पोखरा । अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारबाट गीतकार किरण खरेल सम्मानित भएका छन् । शनिबार पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सम्मान अर्पण गरेका हुन् ।

नेपाली राष्ट्र गानका सङ्गीतकार अम्बर गुरुङको योगदान चिरस्थायी बनाउने उद्देश्यले पोखरेली युवा सांस्कृतिक परिवारले राष्ट्रिय संगीत कोष स्थापना गरेको हो । उक्त कोषबाट पहिलो पटक खरेल सम्मानित भएका हुन् ।

सम्मानको राशि २ लाख नगद र ताम्र पत्र छ । पुरस्कार अर्पण गर्नकै लागि संस्थाले १८ लाखको अक्षयकोष स्थापना गरेको छ । यसलाई नेपाली संगीत क्षेत्रकै सबैभन्दा ठूलो पुरस्कार दाबी गरिएको छ । खरेलले १ सय भन्दा बढी फिल्ममा गीत लेखिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *