टोपबहादुरजी जहाँ भएपनि निकाल्छौं : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दोषी उम्कन नहुने बताएका छन् । उनले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा कोही पनि दोषी उम्कन नहुने बताएका हुन् ।

आफूले प्रहरी प्रशासनलाई दोषी जति नै शक्तिशाली वा पहुँचवाला भएपनि नछोड्न निर्देशन दिएको दाबी गरे । ‘दोषी कोही पनि नउम्किउन् तर निर्दोष कोही पनि नमुछिउन् र उनीहरूको प्रतिष्ठामा आँच आउने काम नहोस् भनेर मैले निर्देशन दिएको छु,’ मन्त्री श्रेष्ठले भने, ‘अनुसन्धानका नाममा निर्दोषले दुःख पाउने काम नहोस् भन्नेतर्फ पनि सचेत रहन भनेको छु ।’

उनले पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार भएको प्रसङ्गमा भने, ‘एक/दुई दिन फरार भएपनि हामीले निकाल्न त निकाल्छौँ नै । निगरानी हामीले गरिरहेकै छौँ ।’

रायमाझी सम्पर्कविहीन बनेकै साँझ प्रहरीले उनका छोरा सन्दीपलाई बुटवलबाट पक्राउ गरी काठमाडौँ ल्याइसकेको छ । रायमाझीका बाबुछोरा नै शरणार्थी ठगी प्रकरणमा मुछिएका छन् । हिरासतमा रहेका गिरोहका सदस्यहरूले रायमाझीको संलग्नता रहेको बयान दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =