हेलिकप्टर दुर्घटनाका घाइतेहरु मेडिसिटि अस्पतालमा (तस्बिरहरू)

काठमाडौँ । संखुवासभामामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनाका घाइते हरुलाइ मेडिसिटि अस्पताल ल्याइएको छ ।
संखुवासभामा अपर अरुण परियोजनाका लागि सामान बोकेर गइरहेको हेलिकप्टर दुर्घटनामा पर्दा घाइते भएका पाइलटसहित तीन जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको हो । पाइलट सुरेन्द्र पौडेलसहित तीन जनालाई उपचारका लागि हेलिकप्टरले उद्धार गरी काठमाडौँस्थित मेडिसिटी अस्पताल ल्याइपुर्याएको छ । उनीहरुको उपचार सुरु भएको छ । हेलिकप्टर आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परेका मध्ये एक जनाकाे निभन भएकाे छ । निधन हुनेमा संखुवा सभाका भविन गुरुङ रहेका छन् । उनी हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए ।
दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएका छन् ।
तस्बिरहरू









