आविष्कार केन्द्रलाई ‘कवाडी केन्द्र’भन्नेलाई महावीर पुनको चुनौती

काठमाडौँ । महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रलाई ‘कवाडी केन्द्र’ भन्ने गरेको गुनासो गरेका छन् । केन्द्रका संस्थापकसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत यस्तो गुनासो गरेका हुन् ।

उनले आविष्कार केन्द्रले नवउद्यमी उत्पादन गरिरहेको दाबी गरे । ‘अझै पनि राष्ट्रिय आविष्कार केन्द्रलाई मर्मत केन्द्र र कवाडी केन्द्र भन्नेलाई जानकारी । विश्वास लाग्दैन भने आफै आविष्कार केन्द्रमा आएर आफैले हेर्नुहोस्’ पुनले भनेका छन्, ‘आविष्कार केन्द्रमा आएर अनुसन्धान गरेका दुई जनाले पेटेन्ट पाइसके र अरू २ जनाले निवेदन दिएका छन् । आजसम्म ६ समूह नवउद्यमी बने र ४ समूह नवउद्यमी बन्ने वाला छन् ।’

अहिले नियमित ७२ जना आविष्कार केन्द्रमा रहेको उनको भनाई छ । ‘म उद्यमी बन्ने होइन । धेरैभन्दा धेरै भाइ बहिनीहरूलाई सकेसम्म उद्यमी बनाउने हो । यहाँ राम्रो आइडिया लिएर आई अनुसन्धान गर्नेहरूले सबै सामानहरू निःशुल्क पाउँछन्, खान बस्न पाउँछन् र पैसाको चिन्ता गर्नु पर्दैन,’ पुनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *