०४६ को परिवर्तनपछि २८ भन्दा बढी प्रधानमन्त्री भएकोप्रति शंकर पोखरेल दिक्क !
२०८० वैशाख २२ गते

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको निर्माण आवश्यक रहेको बताएका छन् । विदेशी लगानीमा गरिएका कथित अनुसन्धानबाट प्रवाह गरिएका प्रायोजित विचारले नेपालमा सामाजिक अराजकता सिर्जना गरेको भन्दै स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताएका हुन् ।
शुक्रबार बिहान फेसबुकमार्फत् प्रतिक्रिया दिँदै उनले नेपालको राजनीतिक अस्थिरतामा विदेशी लगानीमा गरिएका अनुसन्धानको पनि हात रहेको टिप्पणी गरेका हुन् । विदेशी लगानीका कथित अनुसन्धानबाट प्रवाह गरिएका प्रायोजित विचारले नेपालमा सामाजिक अराजकता सिर्जना गरेको र त्यो पनि राजनीतिक अस्थिरताको कारण भएको उनको भनाइ छ ।
२०८० वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित








