कँडेलको मृत्यु बारे अनुसन्धान गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले पार्टीका महासमिति सदस्य चितवन भरतपुर महानगरपालिका–८ निवासी शङ्करप्रसाद कँडेलको देहत्यागसम्बन्धी घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको छ ।

कँडेलले यही वैशाख १९ गते साँझ देहत्याग गर्नुअघि आठ पृष्ठ लामो ‘सुसाइड नोट’ छाड्नुभएको, आरोपित दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय चितवनमा परिवारजनले किटानी जाहेरी दर्ता गरेको पार्टीले जनाएको छ ।

तर आजसम्म प्रशासनबाट दोषी पक्राउ गर्न कुनै तत्परता नदेखाएको भन्दै कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राजनीतिक, सामाजिक र व्यावसायिक भूमिकामा सक्रिय कँडेलको देहत्यागप्रति गहिरो दुःख व्यक्त गर्दै कांग्रेसले उनको आत्माको चिर शान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =