नक्कली शरणार्थी बनेर रकम बुझाउनेलाई पनि कारबाही हुनुपर्छ : सूर्य थापा

काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले नक्कली भुटानी शरणार्थी बनेर रकम बुझाउनेलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् । नक्कली शरणार्थी बन्न तयार भएर लाखौँ रकम बुझाउने काम गैरकानुनी हो भन्दै उनले त्यसमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाही गर्नुपर्ने धारणा राखेका हुन् ।

नेपाली नागरिकलाई मोटो रकम लिएर भुटानी शरणार्थीको सूचीमा समावेश गरेर अमेरिका पठाउने गिरोहमा संलग्नताको आशङ्कामा प्रहरीले गृह मन्त्रालयको प्रशासनिक र राजनीतिक नेतृत्वको सहयोगी पक्राउ गरिरहेका बेला एमाले नेता थापाले यस्तो अभिव्यक्ति दिएका हुन् ।

थापाले बिहीबार फेसबुकमा लेखेका छन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ। साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौँ रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =