सन्दीपलाई काठमाडौं ल्याइयो, टोपबहादुर पक्राउ परेको खबर !

काठमाडौँ । बुटवलबाट पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौँ ल्याइएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएको हो ।

सन्दीपलाई आजै अदालतमा पेश गर्ने तयारी छ । उनलाई बुधबार राति भैरहवा हिरासतमा राखिएको थियो । जिल्ला अदालतले बुधबार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

यसैबीच टोपबहादुर रायमाझी पनि भैरहवाबाट पक्राउ परेका खबर छ । उनलाई बिहान पक्राउ गरेको अपुष्ट खबरहरू आएपनि प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी भरत विकले खोजी कार्य भइरहेको प्रतिक्रिया दिए ।

यसअघि प्रहरीले उनीहरू बाबुछोराका साथै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी लिइसकेको छ । पूर्व गृह सचिव उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उनीमाथि अनुसन्धान गर्ने भन्दै तीन दिनका म्याद जिल्ला अदालतबाट लिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =