पूर्वमन्त्री टोपबहादुर रायमाझी सम्पर्कविहीन

काठमाडौँ । नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन भएका छन् । बुधबार अर्घाखाँची पुगेका उनी पक्राउ पुर्जी जारी भएको सुनेपछि सम्पर्कविहीन भएका हुन् ।

स्रोतका अनुसार अर्घाखाँचीबाट काठमाडौँ जान्छु भनी हिँडेका पूर्वमन्त्रीसमेत रहेका रायमाझी मोबाइल फोन गरेर सम्पर्कविहीन भएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा उनीविरुद्ध पनि प्रहरी पक्राउ पुर्जी लिइसकेको छ ।

बुधबार भैरहवा विमानस्थलबाट काठमाडौँ आउन ठिक्क परेका उनी खबरलगत्तै सम्पर्कविहीन छन् । बुटवलबाट पक्राउ परेका उनका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेश गरिने भएको छ । उनलाई पक्राउ गर्नका लागि प्रहरी ‘हाइ अलर्ट’ छ ।

यसअघि प्रहरीले उनीहरू बाबुछोराका साथै पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी लिइसकेको छ । पूर्व गृह सचिव उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उनीमाथि अनुसन्धान गर्ने भन्दै तीन दिनका म्याद जिल्ला अदालतबाट लिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =