एसिसी कपकाे उपाधि विजेता क्रिकेट खेलाडीलाई सरकारले ६/६ लाख पुरस्कार दिने

काठमाडौँ । सरकारले एसिसी प्रिमियर कपको उपाधि विजेता नेपाली राष्ट्रिय टोलीका क्रिकेट खेलाडीलाई ६ लाख रुपैयाँका दरले पुरस्कार दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । उनका अनुसार बैठकले राष्ट्रिय टिमका अफिसियलहरुलाई ३ लाखका दरले पुरस्कार दिने समेत निर्णय गरेको छ ।

उक्त प्रतियोगिता अन्तर्गत सोमबार र मंगलबार भएको खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो । यो जितसँग नेपालमा एसिया कप क्रिकेट खेलका लागि छनोट भएको छ ।

मन्त्रिपरिषद् बैठकले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आउँदो आर्थिक वर्षमा बजेटको व्यवस्था गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *