नयाँ पुराना सबै नेताहरु चोर हुन्–मेयर बालेन्द्र शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सबै नेता चोर भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्। मंगलबार साँझ उनले फेसबुकमा स्टाटस लेख्दै कसैलाई देशको माया नभएको उल्लेख गरे।

‘नयाँ पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन’, उनले लेखेका छन्।

बालेन्द्र पटक पटक विवादित अभिव्यक्ति दिँदै आएका छन्। यसअघि नेताहरुलाई सिसडोलमा लगेर डम्प गर्नु पर्ने बताएका थिए।

तर नेता चोर हुन् भन्ने टिप्पणी उनको पहिलो होइन। राप्रपा अध्यक्ष राजेन्द्र लिंग्देनले गत वर्ष ठूला पार्टीका शीर्षनेता उपस्थित कार्यक्रममा नेताहरुलाई जनताले चोर भन्ने गरेको अभिव्यक्ति दिएका थिए।

सोही कार्यक्रममा शीर्षनेताहरुले भने खण्डन गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =