चितवनमा कांग्रेस नेता मृत फेला

नेपाली कांग्रेसका एक नेता चितवनमा मृत फेला परेका छन्। मंगलबार साँझ भरतपुर–३ स्थित आफ्नै घरमा कांग्रेसका पूर्व कोषाध्यक्ष एवम् महासमिति सदस्य शंकर कंडेल मृत फेला परेका हुन्।

उनी व्यवसायी पनि हुन्। पोल्ट्रि व्यवसायी कंडेल भित्रबाट चुकुल लगाएको अवस्थामा झुण्डिएको अवस्थामा फेला परेको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले जानकारी दिए।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eight =