बादलका सुरक्षा सल्लाकार डा. इन्द्रजित राई पक्राउ

काठमाडौँ । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो ।

उनलाई सुनाकोठी, ललितपुरबाट पक्राउ गरिएको हो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृत उनी माथि सोधपुछ सुरु भएको छ ।

यसअघि यही घटनामा एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी सानु भण्डारी र कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्व स्वकीय केशव दुलालसहित सागर थुलुङ, टंक गुरुङ र सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ परेका व्यक्तिको बयानका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

राईले गृह मन्त्रालयमा हुँदा नीतिगत निर्णय गराउनेदेखि नक्कली शरणार्थी बनाएर ५० लाख रुपैयाँसम्म असुल्न बाटो खोलिदिएको खुलेको हो । पीडितबाट रकम असुल्ने व्यक्तिले राईलाई रकम बुझाएको समेत बयान दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eight =