धनुषामा टिपरको ठक्करबाट बालकको मृत्यु : अवस्था तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका १२ रघुनाथ पुरमा टिपरको ठक्करबाट एक बच्चाको मृत्यु र एक घाइते भएपछि अवस्था तनावग्रस्त बनेको छ ।

स्थानीयले ठक्कर दिने टिपरमा तोडफोड र आगजनी गर्न खोज्दा प्रहरीले हवाई फायर गरेका छन् ।

स्थानीयले टिपरमा लगाएको आगो प्रहरीले नियन्त्रणमा लिएको छ । स्थिति नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा प्रहरी परिचालन भएका छन् ।

प्रदेश २–०३–००१ क १६२१ नम्बर को टिपरको ठक्करबाट सबैला नगरपालिका १२ सिर्खाटोलका ७ वर्षीय बालक रियान यादवको घटनास्थलमै मृत्यु भएको हो । ठक्करबाट सोही ठाउँकी राँधी कुमारी एक बालिका घाइते भएका छन् । उनलाई उपचारका लागि जनकपुरतर्फ लगिएको छ ।

दुर्घटनापछि टिपरका चालक फरार भएका छन् । स्थानीयले प्रहरी प्रशासन र टिपर आतङ्क विरुद्ध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *