रास्वपाले सरकारमा जाने नजानेबारे शुक्रबार निर्णय लिने
२०८० वैशाख १८ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा जाने वा नजानेबारे शुक्रबार निर्णय लिने भएको छ । पार्टी कार्यालय बसुन्धारामा सोमबार बसेको केन्द्रीय समिति बैठकले यस्ताे निर्णय गरेको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले बताए ।
पार्टी सरकारमा जाने–नजानेबारे आजको बैठकमा नेताहरूको आआफ्नो धारणा राखेकाे उनले बताए ।
‘अब संसदीय दलको बैठक बस्छ अनि सबैको विचार लिएर निर्णय हुन्छ,’ उपसभापति अर्यालले भने, ‘२२ गते सबै निर्णय हुन्छ ।’
यसअघि पार्टी सभापति रवि लामिछानेले कुनै पनि कालखण्डकाे भ्रष्टाचारकाे छानविन गर्ने आफ्नाे पार्टीकाे एजेन्डा वर्तमान सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकाेले सरकारमा जानुकाे अर्थ नरहेकाे बताउँदै आएका थिए ।
२०८० वैशाख १८ गते
प्रतिक्रिया
सम्बन्धित








