यान्त्रिक र स्वचालित गाईफार्म

हिल्डनको जागिरसँगै कृषिमा होमिएका गजेन्द्र शर्मा

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १६ मा दरैयामा एउटा ठुलो गाई फार्म छ । हेरै लोभलाग्दो गाई फार्म निर्माण गरी प्रविधि र यान्त्रीकरणमा नमुनाको रूपमा फार्म सञ्चालन गर्ने व्यक्ति हुन् हिल्टनमा लामो समयसम्म होटल म्यानेजमेन्टको क्षेत्रमा काम गर्दै आएका गजेन्द्र शर्मा ।

उनको हिल्टनको यात्रा २३ वर्ष अगाडी सुरु भएको हो । त्यो यात्रा उनले स्वीजरल्याण्डमा होटल म्यानेजमेन्ट पढेपछि पहिलो जागिर हिल्टनमा प्राप्त गरेका थिए । हिल्टन जुरी एयरपोर्टबाट वेटरमा नियुक्ति पाएपछि उनी निरन्तर हिल्टनकै यात्रामा रहेका छन् । उनी २३ वर्ष देखि यही कम्पनीमा कार्यरत रहेका छन् । उनले यही कम्पनी मार्फत युरोपका दुईवटा देशमा काम गर्ने मौका प्राप्त गरे ।

शर्माका अनुसार, मिडलिस्टमा ३ वटा सहरहरू दोहा अबुधावी र दुबईमा काम गरे । उनी ७ वर्ष अगाडी मात्र चाइना अर्थात् चीनको बेइजिङ छिरे । चीनको बेइजिङमा बस्दै आएका उनले यसलाई दोस्रो लोकेसनको रूपमा लिन्छन् । हिल्टन ब्राण्डको ३ वटा होटलको क्लष्टर जेनेरल म्यानेजरको रूपमा उनी त्यहाँ कार्यरत रहेका छन् ।

कृषिमा देखिएको आशा
जब उनी चीन छिरे त्यसपछि होटलसँगै कृषिमा केही गर्नु पर्छ भन्ने लाग्न थाल्यो । ‘चीन अहिलेको जस्तो कसरी भयो भन्ने सबैको जिज्ञासा हुन्छ नै त्यही भएरपनि चाइना कसरी यो अहिलेको अवस्थामा आइपुग्यो भन्ने लागेर मैले त्यसको बारेमा जानकारी लिन थालेँ,’ ‘गजेन्द्रले त्यो बेलाको कुरा सम्झँदै भने, त्यसपछि मैले चीनका धेरै ठाउँहरूमा घुम्न थालेँ, त्यसरी घुम्न जाने क्रममा कृषि प्रतिको चासोले गर्दा मैले धेरै देख्न र जान्न पाएँ ।’

कतै जाँदा ग्रिन हाउस पार्क, कतै जाँदा ठुलो आकारमा डेरी फार्म, फ्लोरिकल्चर अर्थात् त्यहाँ त पुरै गाउँ तथा पहाड नै फुलै फुलको भेटिएपछि कृषिमा अझ केही गर्नुपर्छ भनेर आयो । उनका अनुसार, चीनमा देखेको कृषि क्रान्ति देखेपछि नेपालमा पनि कृषिको विकास गर्न सकिने रहेछ भन्ने लाग्यो। कृषिलाई कसरी व्यवसायीकरण गर्ने र नेपालमा कसरी ल्याउने भन्ने सोच गएको थियो, तर त्यो बेलासम्म पनि मैले कुनै कृषिको काम नै गरेको थिइनँ, मलाई यो बारेमा केही थाहा थिएन ।

उनी जन्मेर हुर्केको ठाउँ हो दरैया, उनको परिवार सबै यही दरैयामा नै बस्यो । ‘मेरो आमा कृषक हुनुन्थ्यो, बुबा मोरङ सुगर मिल्समा काम गर्नुहुन्थ्यो,’ उनले भने, ‘त्यतिबेलाको संघर्षलाई सम्झिँदा हामीले कृषिमा काम नगरेपनि गर्न सकिन्छ की भनेर आज भन्दा डेढ बर्ष अगाडी दरैयामा बन्जरा एग्रो फार्म सञ्चालनमा ल्याएको हुँ ।’

उनले यस फर्मलाई एकीकृत कृषि फार्मको रूपमा विकास गरेको बताए । यस फार्मको मुख्य उत्पादन भनेको दूध हो । अहिले यो फर्मले पहिलो चरणमा दूध उत्पादनमा केन्द्रित भएर काम गरिरहेको छ। पहिलो चरणमा संरचना निर्माण, गाईहरूको गुणस्तर वृद्धि, गाईको खाना अर्थात् फिड उत्पादन, विदेशबाट विज्ञहरू ल्याएर अझ गुणस्तरीय एकीकृत फार्मलाई व्यवस्थित गर्ने, परिष्कृत स्तरको स्वचालित र यान्त्रीकरणको स्थापनासँगै यो काम सकिएपछि मात्र दोस्रो चरणमा जाने योजना रहेको छ । गाईको पहिलो फेजमा गाई फार्मको काम सकिएपछि ग्रिन हाउसमा काम गर्ने योजना सुनाए ।

स्वचालित  स्वचालित नमुना गाईफार्म
गाई फार्मको पहिलो चरणमा दूध उत्पादन तर्फ सेड (गोठ) निर्माण, अहिले ११२ वटा दूध  दिने गाई अटाउन क्षमताको  हरेक एक गाई बस्न मिल्नेगरि विभाजन गरेर गोठ बनाइएको छ । ७८ वटा गाईहरू रहेकोमा अरू ८० वटा गाईहरू थप्ने काम भईरहेको छ ।

शर्माले गाईको गोठ बनाउने काममा निक्कै मेहनत गरिएको सुनाए । यो गोठलाई अन्तर्राष्ट्रिय मापदण्डको रूपमा रहेको बताइन्छ । ‘हाम्रो गाईको गोठ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ,’ उनले भने, ‘संसारको जुनसुकै ठाउँमा जानुभयो भनेँपनि यो भन्दा उच्च गुणस्तरको सेड पाइँदैन ।’ नेपालमा एउटा डेरीको लागि नमुना फार्म सञ्चालन कामहरू भईरहेको छ ।

नयाँ प्रविधि नेपाल भित्र्याउनको लागि चीनमा जे देखियो त्यही अनुसारको काम गर्ने प्रयास भएको  छ। चीनमा हरेक कामहरू यान्त्रिक र स्वचालित हुन्छन् । बन्जारा एग्रो फार्ममा पनि त्यही अनुसार कामहरू भईरहेको छ। सङ्ख्यात्मक रूपमा ठुलो मात्रामा गाईकालागि आहार (बल्क फिड) बनाउने काम पनि भएको छ । बल्क फिड झण्डै ५ हजार किलो बनाउने कुरा हातले सम्भव नहुने भएपछि यसमा पनि स्वचालित यन्त्र (अटो मेसन)को प्रयोग हुँदैछ । त्यसको लागि बल्क मिक्सीङ मेसिन छ जसलाई टिएमआर भनिन्छ, त्यो मेसिनको सहयोगले त्यसमा घाँस, साईलेस, कन्सन्ट्रेड फिड, त्यसमा मिनरल हालेर मिक्सीङ गरेपछि गाईलाई आवश्यक पर्ने खाना तयार पारेर मेसिनको सहयोगले गाईलाई उपलब्ध गराइन्छ ।

मेसिनले नै लोड गर्ने, मेसिनले नै मिक्स गर्ने अनि मेसिनको माध्यमबाट ट्याक्टरको सहायताले मेसिटबाट नै गाईलाई गाईलाई आहार दिइन्छ । यान्त्रीकरण र स्वचालित मेसिनबाट नै सबै काम हुँदै आएको छ। दूध दुहुनको लागि बाल्टिन या ढुंग्र्रो अथवा अरू कुनै भाँडा प्रयोग गरिँदैन । मेसिनको सहयोगले नै दूध दुहुनें (मिल्किङ) गर्ने काम हुन्छ  । शारीरिक श्रमको प्रयोग गरेर दूध दुहुने काम यहाँ हुँदैन  ।  मानिसको हातले छोएपछि सङ्क्रमणको सम्भावनालाई नहुने शर्मा बताउँछन् ।

यहाँको गाई फार्ममा (सेडमा) अर्ध स्वचालित (सेमी अटोमेशन) छ, अब केही महिनापछि फुल अटोमेशनको काम हुन्छ ।  सबैभन्दा ठुलो व्यवस्थापनको चुनौती भनेको गाईको गहुँत र गोबरको हो  । एउटा उच्च गुणस्तरको गाईले दैनिक ५० देखि ५५ किलो  फिड अर्थात् दाना र दैनिक २ सय लिटरसम्म पानी खान्छ ।  यी गाईले धेरै खानेहुँदा यसको गोबर र गहुँत व्यवस्थापनको चुनौती रहेको शर्मा बताउँछन् ।

गोबर र गहुँत व्यवस्थापन गर्न अटोमेशनकालागि अटोमेटिक मेनु स्क्रापर राख्ने तयारी भईरहेको छ। त्यो मेसिन आउन बाँकी छ , जुन विश्व बैँकले फण्डिङ गरेको डेरी अटोमेशन प्रोजेक्ट भित्र पर्छ । यस्ता  फार्महरू  मध्ये नेपाल भित्र रहेका २८१ वटा किसानले यो सुविधा पाएकाछन् । यो प्रोजेक्ट अघि बढ्ने बित्तिकै अटोमेटिक मेनु स्क्रापरले काम गर्छ । गाई जहाँ उभिन्छ जहाँ बस्छ त्यहाँबाट जतिपनि गोबर निस्कन्छ त्यो स्क्रापरले आफैँ सोहोरेर संकलन गर्ने ठाउँमा पु-याउँछ । त्यहाँबाट ट्यांकीमा जान्छ त्यहाँ मेनु सेप्रेटर हुन्छ, त्यहाँको सेप्रेसनले एकातर्फ  झोल र अर्को तर्फ थिग्रिएको मल जान्छ । झोललाई ट्यांकर मार्फत खेतमा सिधै हाल्न सकिन्छ भनेँ थिग्रिएको चोक्टा खालको थिग्रन भने गाईलाई बस्ने ठाउँपनि बनाउन सकिन्छ या त्यसलाई मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यसलाई प्याकेटमा प्याकेजिङ गरेर सुकेको मलको रूपमा बिक्री गर्न पनि सकिन्छ ।

यो फार्ममा ७८ वटा लैनो गाई रहेका छन्  । त्यसमा २९ वटा बाच्छीहरु रहेका छन्  । अहिले उत्पादन भएका २९ वटा बाच्छीहरु नेपालको लागी नयाँ ब्रिड (बिउ) को रूपमा उत्पादन भएको छ । यी बाच्छीहरुले आगामी दिनमा २२ देखि २५ लिटर दूध दिने  दाबी गरिएको छ ।  यी बाच्छिहरुलाई जन्मेदेखि आमा बन्नको लागि २ बर्ष लाग्छ ।

फार्ममा लगानी
यस बन्जारा एग्रो फार्ममा लगानी चार खालको रहेको शर्मा बताउँछन्  । जग्गा, संरचना निर्माण, उपकरण तथा गाई खरिदमा लगानी छ । अहिलेसम्म ३२ करोड भन्दा बढी लगानी भइसकेको छ । अझै  लगानी आवश्यक रहेको उनी बताउँछन् । पहिलो फेज अन्तरगत मिल्किङ पार्लरको काम  बाँकी नै रहेको छ । त्यो काम अहिले आधा निर्माणको चरणमा रहेको छ, एक दुई महिना भित्रमा यसको निर्माण पुरा हुन्छ । ‘यो ईनोभेशन प्रोजेक्ट अन्तरगत पर्छ,’ शर्मा भन्छन्, ‘यो ईनोभेसन प्रोजेक्ट सकिएपछिमात्र पहिलो फेजको काम सकिन्छ ।’

अबको ३ वर्ष भित्र यहाँ एग्रो टुरिजमको एकदमै नमुना देख्न सकिने उनी  दाबी गर्छन् ।  एग्रो टुरिजममा डेरी प्रोडक्टलाई फोकस गर्ने, ग्रिन हाउसको माध्यमबाट तरकारी र फलफूलको उत्पादन, फ्लोरिकल्चरमा धेरै फुलहरूको उत्पादन गर्ने योजना छ । गाईको लागि दाना (ग्रिनफुड, ड्राई फुड) सहितको फिड उत्पादनलाई प्रवद्र्र्धनलाई सहयोग गर्ने काम  यहाँबाट हुनेछ ।

मिल्किङ पार्लरको भवनको तल्लो तलामा मिल्किङ पार्लर र मिल्किङ प्रोसेसिङ युनिट, मिल्क प्याकेजिङ युनिट सबै निर्माणको चरणमा छ । माथिल्लो तलामा भने ६० जना अटाउने प्रदेशकै नमुना तालिम केन्द्र बनाउने योजना रहेको उनी सुनाउँछन् । विशेषगरि डेरीमा काम गर्न खोजी रहेकाहरू, कृषि, तरकारी, फलफूल, धान मकै गहुँ उत्पादन वृद्धि गर्नको लागि तालिम चाहनेहरुको लागि यहाँबाट विशेषज्ञहरू ल्याएर तालिम दिइने योजना रहेको बताए ।

यो तालिम सेन्टर पैसा कमाउनको लागि नभई कृषि उत्पादन वृद्धि गर्न चाहने किनहरूको लागि भएको बताए । ‘भोलिका दिनमा सरकारको तर्फबाट सहयोग आयो भनेँ  अथवा अरू कुनै तेस्रो देशका कुनै सहयोगी दातृ निकायले सहयोग गर्‍यो भनेँ उहाँहरूलाई स्वागत छ,’ उनले भने, ‘हामीले के गर्न खोजको हो भने हाम्रो तालिम केन्द्रमा कोशी प्रदेशका किसानलाई ल्याएर हामीलाई आवश्यक भएको  विशेषज्ञहरू डेरी होस् वा कृषिसँग सम्बन्धित होस् उहाँहरूलाई ल्याएर तालिम दिनु रहेको छ ।’

डेरी र कृषि क्षेत्रका कोशी प्रदेशका किसानलाई पाँचतारे स्तरको तालिम प्रदान गर्नको लागि विदेशी वा काठमाडौँबाट विशेषज्ञ ल्याएर कृषि पनि सम्मान योग्य पेसा हो, कृषिबाट यति राम्रो काम गर्न सकिन्छ भन्ने उत्प्रेरित प्रेरणा र आत्मविश्वासी  बनाउने उद्देश्यका  काम भईरहेको छ । गाईसँगै कृषि उत्पादनका लागि आगामी दिनमा बजारको मागको आधारमा ९ वटा ग्रिन हाउस थप्ने तयारी गरिएको शर्माले सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *