महावीर पुनका माग तत्काल सम्बोधन हुनुपर्छ : महामन्त्री शर्मा

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् । शनिबार नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले गैरनाफामुलक संस्था बनाइ निजी क्षेत्रबाट नेपालमा आविष्कार गर्ने कुरालाई अग्रणी संस्थाको रुपमा विकास गर्ने व्यक्तिको माग सरकारले तत्काल संवादबाट समाधान गर्नुपर्ने बताए । उनले राज्यले सम्मान गर्नुपर्ने व्यक्तित्व सडकमा उभिनु सुन्दर पक्ष नरहेको जिकिर गरे । प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल महावीर पुनसँग संवाद गरी माग सम्बोधन गर्न उनको आग्रह छ । महामन्त्री शर्माले आविष्कार र नवप्रवर्तनमा जोड दिनेकुरा राज्य प्रणाली कस्तो बन्ने भन्नेसँग जोडिएको भन्दै कस्तो प्रकारको समाज बनाएर जाने हो त्यसमा ध्यान दिन जरुरी जिकिर गरे

उनले अगाडि भने, ‘यही बेलामा महावीर पुन जस्ता मान्छेहरु नवप्रवर्तन, आविष्कारका लागि नयाँ इनोभेसनको कुराका लागि राज्यले प्राथमिकता देओस् भनेर सडकमा पुग्नुपरेको छ । सम्माननीय प्रधानमन्त्रीज्युसँग मैले अरु नै कारणले भेट्नु थियो, बालुवाटारमा भेट्दै गर्दा पनि मैले यसको बारेमा स्मरण गराएको छु । महावीर पुनको विषयलाई यथाशीघ्र सम्बोधन गर्नुपर्छ । महावीर पुन जत्तिको एउटा आविष्कार केन्द्र खोलेर गैरनाफामुलक संस्था बनाएर निजी क्षेत्रबाट नेपालमा आविष्कार गर्ने कुरालाई अग्रणी संस्थाको रुपमा उभिएको व्यक्तित्व सडकमा उभिएको अवस्था सुन्दर देखिएको छैन । त्यसैले यथाशीघ्र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई म सार्वजनिक रुपमा पनि अपिल र आग्रह गर्न चाहन्छु, तत्काल महावीर पुनसँग संवाद गरेर सडकमा नभइ संवादमा ल्याइ उहाँका विषय सम्बोधन गरेर सरकार जानुपर्छ । सरकारले यस्तो विषयमा गम्भीरता राख्नुपर्छ । किनभने प्रश्न आर्थिक कुराको मात्रै होइन । प्रश्न राज्य प्रणाली कस्तो बन्ने भन्ने हो । हामी कस्तो प्रकारको समाज बनाएर जान्छाँै भन्नेकुरा हो । नागरिकको विश्वास यो प्रणालीप्रति कसरी बढाउने भन्ने हो । यो प्रणालीप्रति विश्वास बढाउँदा तपाईहरुले उठाएका प्रश्नको हल गर्न यही प्रणालीको बाटोबाट मात्रै सम्भव छ ।’

महामन्त्री शर्माले संघीय शिक्षा ऐन २०८० सालभित्रै ल्याउनेगरी काम गर्न सरकारसँग आग्रहसमेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =