नेपालले कुवेतलाई दियो २८२ रनको लक्ष्य

काठमाडौँ । नेपालले जारी एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा कुवेतलाई २ सय ८२ रनको लक्ष्य दिएको छ ।

टियु मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले कुवेतलाई जितका लागि २ सय ८२ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २ सय ८१ रन बनाएको हो ।

त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोट्याइएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ९४ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । भने, कुशल मल्लले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले ।

त्यस्तै, ओपनर द्वय आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ६५ बलमा ७७ रनको साझेदारी गरेका थिए ।

लगत्तै तीन विकेट गुमाएको नेपालका लागि चौथो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले १ सय ९ रनको सानदार साझेदारी गरे । मल्ल सयद मोईबको बलमा ५७ रन बनाउँदै आउट भएपछि साझेदारी तोडिएको थियो ।

आरिफ शेखले १९ बलमा २ चौका तथा १ छक्काको सहयोगमा १९ रन बनाए । भने, सोमपाल कामीले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १३ रन बनाए ।

साथै, कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३/३ तथा सयद मोनिव र भासिन पटेलले समान १/१ विकेट लिए ।

आजको खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेता टोलीसँग फाइनलमा भिड्ने छ । च्याम्पियन टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा सहभागिता जनाउने छन् ।

शीर्ष तीनमा रहने देशले भने एसीसी ईमर्जिङ कप खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =