५५ करोडको लागतमा विराटले थाल्यो सेनेटरी प्याडको उत्पादन, ‘ह्वाईट मुन’ बजारमा

विराटनगर । विराट हेल्थ केयर इन्डष्ट्रिजले पहिलो पटक ह्वाईटमुन सेनेटरी प्याड सार्वजनिक गरेको छ । विराट मेडिकल कलेजमा एक कार्यक्रमको विच सेनेटरी प्याडको नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

विराट हेल्थ केयर इन्डष्ट्रिले विश्वसनीय, सुरक्षित र गुणस्तरीय सेनेटरी प्याड उत्पादन सुरु गरेको जनाएको छ। उत्पादन गरेको सेनेटरी प्याड ह्वाइट मुनक्काबारेमा जानकारी गराउँदै विराट केयर इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर छत्रबहादुर खड्काले नेपालमै गुणस्तरीय सेनेटरी प्याड उत्पादन भईरहेको बताए ।

काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवसको अवसर पारेर ह्वाईट मुन सेनेटरी प्याडको उत्पादन सार्वजनिक गरेको हो । उत्पादन गरेको यो सेनेटरी प्याड महिलाहरूको स्वास्थ्य र सुरक्षाको बलियो आधार भएको विराट हेल्थ केयरका ब्रान्ड म्यानेजर दीक्षा थापाले बताइन् । ‘गुणस्तरको सेनेटरी प्याड सङ्क्रमणरहित अत्याधुनिक उपकरणबाट उत्पादन हुने गरेको छ, उनले भनिन्, विराट हेल्थ केयरले उत्पादन गरेको सेनेटरी प्याड महिलाहरूको स्वास्थ्य र सुरक्षाको बलियो आधार हो ।’

प्रत्येक महिना महिलाले खेप्नुपर्ने महिनावारीको समस्यालाई ध्यानमा राखेर गुणस्तरीय सेनेटरी प्याड ह्वाईट मुन बजारमा ल्याइएको थापाले जानकारी दिइन् । सेनेटरी प्याड ‘हवाइट मुन’को मुख्य उद्देश्य भनेको आयातित सेनेटरी सामानहरूमा परनिर्भरता घटाउनुका साथसाथै गुणस्तरीय, सर्वसुलभ रूपमा उपलब्ध गराउने रहेको उनले जानकारी दिइन् ।

विराट हेल्थ केयरले चीनबाट ल्याएको आधुनिक उपकरणबाट सेनिटरी प्याड उत्पादन हुने गरेको छ । दैनिक तीनदेखि चार लाख सेनिटरी प्याड उत्पादन गर्न सक्ने क्षमता कम्पनीको छ । अहिले फुल फेजमा सञ्चालनमा नआउँदा समेत दैनिक दुई लाख ५० हजार सेनेटरी प्याड उत्पादन गर्दै आएइको कम्पनीले जनाएको छ ।

कम्पनीले सेनिटरी प्याडको उत्पादनसँगै पहिलो चरणमा पूर्वी नेपालका विभिन्न ग्रामीण क्षेत्रका किशोरी तथा महिलाहरूलाई प्रजनन स्वास्थ्यका बारेमा शिक्षा प्रदान गर्ने, महिनावारीका बारेमा साक्षरता बढाउने र महिनावारीमा देखिएका अन्धविश्वासलाई घटाउने अभियान चलाइने थापाले जानकारी दिइन् ।

उनले सुरक्षित महिनावारी, हाम्रो जिम्मेवारी भन्ने यो अभियानमा सबैको साथ र सहयोगको खाँचो रहेको बताएकी छिन् । चार बिगाहा क्षेत्रफल रहेको उद्योगमा करिब २ सय जनाले रोजगारी दिएको छ। जसमध्ये ६० प्रतिशत महिला रहेका छन्। एकै छानामुनी धेरै ८ प्रकारका उत्पादन हुँदै आएको छ। ५५ करोड लगानीमा स्थापना भएको विराट हेल्थ केयर ईन्डष्ट्रीले सेनिटरी प्याड, मास्क, अल्ट्रासाउन्ड जेली, सु करभलगायतका ९ प्रकार स्वास्थ्य सामाग्रीहरू उत्पादन गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *