थकान मेटाउने काठमाडौँका पार्क (तस्बिरहरू)

काठमाडौँ । धुलो धुवाँ भीडभाड र कोलाहलपूर्ण काठमाडौँमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौँ सहर घुम्दा यस्तै लाग्छ ।

तर काठमाडौँमा थोरै भएपनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् । २०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्त्व बढेको छ । सरकारी र निजी क्षेत्र सहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् ।

पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ । भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् ।

लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *