कलाकारहरुलाई यही क्षेत्रमा जिउनसक्ने वातावरण सरकारले सिर्जना गर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कलाकारहरुलाई कलाकारिताको क्षेत्रमै रहेर जिउनसक्ने वातावरण सरकारले सिर्जना गर्ने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मान्छेको जीवनको लागि संगीत र कला अनिवार्य अंग भएको पनि बताएका छन् । उनले समाजको विकास र सभ्यता कहाँ पुगेको छ, भन्नेकुरा कला, संगीत, संस्कृतिको क्षेत्र कहाँ पुगेको छ भन्ने आधारमा मापन गर्नसकिने बताए ।

उनले कला, संगीतले समाजको यर्थाथहरुलाई, सकारात्मक सुन्दरताहरुलाई अभिव्यक्त गर्ने राम्रो माध्यमको काम गर्ने उल्लेख गरे । संगीत सबै कोणबाट मानविय जीवन र मानव समाजको लागि अत्यन्तै महत्वपूर्ण पक्ष रहेको उनले बताए ।

उनि भन्छन् ‘मान्छेको जीवनको लागि संगीत र कला अनिवार्य अंग हो । यो समाजको विकास र सभ्यता कहाँ पुगेको छ, भन्नेकुरा कला, संगीत, संस्कृतिको क्षेत्र कहाँ पुगेको छ भन्ने आधारमा मापन गर्न सकिन्छ । कला, संगीतले समाजको यर्थाथहरुलाई, सकारात्मक सुन्दरताहरुलाई अभिव्यक्त गर्ने राम्रो माध्यमको काम गर्छ , एकपछि अर्को पुस्तासँग निरन्तर अघि बढाउन बहाकको काम गर्छ, संगीत, कलाको क्षेत्रले आफ्नो राष्ट्रको गौरवलाई सथापित गर्न प्रचार कर्ताको काम गर्छ । त्यसकारण सबै कोणबाट मानविय जीवन र मानव समाजको लागि अत्यन्तै महत्वपूर्ण पक्ष हो संगीतकला । आगामी दिनमा सरकारले यो क्षेत्रलाई प्रोत्साहीत गर्न, यो क्षेत्रका कलाकारले आफ्नो जीवन यसैमा लगाएर अघि बढाउनसक्ने वातावरण बनाउन त्यो दिशामा सरकारले ध्यान दिनेछ ।’

मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारले कलाकारिताको क्षेत्रलाई प्रोत्साहीत गर्नेगरी अघि बढ्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =