तस्बिरमा नेपाल र कतारको क्रिकेट

काठमाडौँ । बिहीबार जारी एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को अन्तिम खेलमा कतारविरुद्ध नेपालले जीत निकालेको छ ।

टियु मैदानमा भएको खेलमा नेपाल ६८ रनले कतारलाई हराउँदै नेपाल अपराजित रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले दिएको १ सय ५८ रनको मध्यम लक्ष्य पछ्याएको कतारले २५ दशमलव १ ओभरमा ८९ रन बनाउँदै अपआउट भयो ।

कतारका लागि तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५/१५ तथा अमिर फरिकले १४ रन बनाए ।

कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान ३/३ तथा गयान मुनवारा २ विकेट लिए ।

ईनिङको पहिलो बलमा नै छक्का प्रहार गरेर नेपाललाई केही दबाब दिएको कतारले लगातार विकेट गुमाउँदा नेपालले खेल जित्न सफल भयो ।

नेपालका लागि सन्दीप लामिछानेले ५ तथा सोमपाल कामीले ३ विकेट लिए । सन्दीपले ९ दशमलव १ ओभरमा १४ रन खर्चिएर ५ विकेट लिएका थिए । भने, ललितनारायण राजवंशीले २ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव ३ ओभरमा अपआउट हुँदै १ सय ५७ रन मात्र बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौका सहयोग सर्वाधिक ४२ रन बनाए । भने, कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन बनाए । ओपनर आसिफ शेखले २७ बलमा १९ रन बनाए ।

त्यस्तै, दीपेन्द्र सिंह ऐरीले १९ बलमा १२ रन बनाउँदा सोमपाल कामी र आरिफ शेखले समान ११/११ रन बनाए ।

अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित नारायण राजवंशीले ४६ रनको साझेदारी गरेपश्चात् नेपाल सम्मानजनक योगफलसम्म पुगेको थियो ।

चार खेलमा तीन जित र एक खेलमा अंक बाडेको नेपाल समूह ए को शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको छ ।

अब शनिबार घरेलु टोली नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि कुवेतसँग खेल्ने छ।

तस्बिरहरु :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *