नेपाल प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसको नेपाल शाखा उद्घाटन

काठमाडौं । प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले नेपालमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बुधबार उद्घाटन गरिएको उक्त शाखाको नाम भने प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस नेपाल राखिएको छ।

काठमाडौंको व्यवसायिक केन्द्र मानिएको सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा उक्त कार्यालयको मुख्यालय राखिएको छ। आफ्ना सेवाग्राहीहरुलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको प्रोफेश्नल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो। यसले आफ्नो स्थापनाकालदेखि नै आफ्नो सेवाका कारण प्रतिष्ठा कमाएको देखिन्छ।

प्रोफेश्नल भिसा एण्ड सर्भिसेसका सिईओ निशान्त शर्माले नेपालमा सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले भने, ‘हामी नेपालमा पनि आफ्नो सेवा विस्तार गर्न र नेपाली विद्यार्थीहरुलाई भरपर्दो, उच्च गुणस्तरको शिक्षा र आप्रवासनसम्बन्धी सेवा प्रदान गर्न पाउँदा खुशी र हर्षित छौं ।’ उनले आफूहरु सधैं राम्रो नतिजा प्रदान गर्न अब्ब भएको कुरा प्रमाणित भएको पनि स्मरण गराएका छन् ।

उनले थपे–‘हामीसँग उत्कृष्ट नतिजा प्रदान गरेको रेकर्ड छ । हामी नेपाली विद्यार्थीहरुलाई उनीहरुको शिक्षा र आप्रवासनसम्बन्धीको लक्ष्य प्राप्त गर्न सफल हुनेछौं।’

उद्घाटन समारोहमा चर्चित नायिकाहरु स्वस्तिमा खड्का र वर्षा राउत, बैंकर अनिलकेशरी शाह र वरिष्ठ अधिवक्ता सुशिल पन्त, कलाकारहरु सरोज प्रजा र विना राउतलगायतका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सो अवसरमा प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसका ग्लोबल विजनेस म्यानगर विपुल खत्रीले कम्पनीको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा बैंकर अनिलकेशरी शाहले प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेसको नेपाल शाखा उद्घाटनले नेपाली विद्यार्थीहरुको लागि अवसर सिर्जना गरेको सुनाए । उनले नेपाली विद्यार्थीहरु उच्च शिक्षाको लागि विदेश जानु बाध्यता भएको बताए।

नेपालमै राम्रो अवसर भएको भए त्यस्तो अवस्था सिर्जना नहुने थियो भन्ने उनको भनाई छ। नायिका स्वस्तिमा खड्काले पनि उक्त कम्पनीको सफलताको शुभकामना दिईन् । उनले आफूले पनि छिट्टै सेवा लिने बताईन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =