गण्डकीमा मुख्यमन्त्री दाबी गर्नुअघि कांग्रेस माओवादीको संयुक्त बैठक बस्दै

पोखरा । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकीको मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समय लगभग सकिन लागेको छ ।

आज ४ बजेसम्म दलहरूलाई मुख्यमन्त्री दाबी गर्ने समयसीमा छ । तर सत्ताका लागि बनेको गठबन्धन दलबीच अझै सहमति जुटेको छैन ।

यहाँ कांग्रेस र माओवादी दुवैले मुख्यमन्त्रीमा दाबी गरेका छन् । प्रदेश प्रमुखले दिएको समय घर्किनै लाग्दा दुई पार्टीको संयुक्त संसदीय दलको बैठक २ बजे बस्दै छ । उक्त बैठक पछि नै दाबी पेस गर्न जाने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =