उत्पीडित जनता बीचको टकरावकाे परिणाम घण्टीको विजय हो : प्रवक्ता राई

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका उपमहासचिव एवं प्रवक्ता सन्जिप राईले प्रतिनिधि सभा उपनिर्वाचनको परिणामलाई लिएर खण्डन गरेका छन् ।

प्रवक्ता राईले सामाजिक सञ्जाल मार्फत ७५ वर्ष लामो इतिहास बोकेका, राजनीतिक क्रान्तिका बहक शक्ति राइटिष्ट र लेफटिष्ट दलहरू र नेपाली उत्पीडित जनता बीचको टक्कावरको परिणाम घण्टीको विजय भएको बताएका छन् ।

चितवन २ र तनहुँ १ को मत परिणाम पछि उनले आफ्नो दल र एमालेका नेताहरू प्रति संकेत गर्दै उनले आम रूपमा वामपन्थीहरूले मात्र देशको अग्रगति र प्रगति गर्छ भन्ने बुझाइ रहे पनि नेपालका मुख्य कम्युनिस्ट पार्टीहरुका नेताहरू दक्षिणपन्थी अवसरवादले ग्रसित रहेको आरोप लगाएका छन् ।

त्यस्ता अवसरवादलाई निर्मूल गर्न, हरेक पार्टी भित्रका युवा पुस्ताले प्रगतिशील राजनीतिक वैचारिक सङ्घर्ष गर्नु पर्ने नभए यस्तै परिणाम आउने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 11 =