बारा-२ : उपेन्द्रको अग्रता कायमै दोस्रो स्थानमा शिवचन्द्र

काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत बारा २ मा जारी मतगणनामा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार उनले १५ हजार १८३ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत पाएका छन् ।
तेस्रोमा रहेका एमालेका पुरुषोत्तम पौडेलले ५हजार २७ मत प्राप्त गरेका छन् । चौथोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का रमेश खरेलले २ हजार ९५ मत ल्याएका छन् ।
आइतबार भएको मतदानमा बारा २ मा ६४ प्रतिशतको हाराहारीमा मत खसेको छ । मंसिर ४ मा भएको निर्वाचनमा यहाँबाट जसपाका रामशाहयप्रसाद यादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति भएपछि यहाँ निर्वाचन हुन लागेको हो ।
मतगणनामा आज बिहान जनमतका प्रतिनिधिले मतपेटिका राखेको कोठाको साँचो लिएर हिनेपछि केही समय मतगणना रोकिएको थियो । अहिले जारी छ ।








