मतगणना नसकिँदै जीतनारायणले दिए रविलाई बधाई

काठमाडौँ । चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई बधाई दिएका छन् । जित सुनिश्चित भएपछि मतगणनास्थल पुगेर श्रेष्ठले लामिछानेलाई बधाई दिएका हुन् ।

उनले रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको बताउँदै प्रतिस्पर्धीका रूपमा रचनात्मक काममा सहयोग गर्ने बताए । ‘जनप्रतिनिधिलाई एउटा प्रतिस्पर्धीका रूपमा नकारात्मक होइन, सकारात्मक सहयोग रहन्छ,’ उनले भने ।

पछिल्लो नतिजाअनुसार लामिछानेले ५० हजार मत कटाएका छन् । उनले ५० हजार २९ मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ९ हजार १६६ मत पाएका छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेको ८ हजार ८७९ मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =