रविको मत साढे १२ हजार नाघ्दा अरुको ४ हजार पनि पुगेन
२०८० वैशाख ११ गते

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनमा पनि चितवन क्षेत्र नं २ मा भारी मतान्तरले अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार रविले साढे १२ हजार बढी मत पाउँदा उनका प्रतिस्पर्धीले ४ हजार पनि पुर्याउन सकेका छैनन्।
रविले अहिलेसम्म १२ हजार ५४० मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ३ हजार ५७३ र कांग्रेसका जितनारायण श्रेष्ठले ३ हजार ५५५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
यो क्षेत्रको मत गणना सोमबार दिउँसोबाट सुरु भएको हो। मंगलबारसम्ममा अन्तिम परिणाम आउने अपेक्षा गरिएको छ।
उपनिर्वाचन भएका तनहुँ १ मा रास्वपाकै स्वर्णिम वाग्ले जित नजिक छन्। बारामा भने जसपाका उपेन्द्र यादवको अग्रता छ।
२०८० वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








