रामचन्द्रले जित्दा जति मत ल्याइसके स्वर्णिमले, मतान्तर बढ्दै
२०८० वैशाख ११ गते

तनहुँ क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले २५ हजार मत कटाएका छन्। यसअघि निर्वाचित रामचन्द्र पौडेलले ल्याएजति मत स्वर्णिमले पाइसकेका हुन्।
रामचन्द्रले गत मंसिरमा २५ हजार ३ सय ६१ मत ल्याएर निर्वाचित भएका थिए। पछिल्लो मत परिणाम अनुसार स्वर्णिमले २५ हजार १४१ मत पाएका हुन्।
अहिलेसम्म ४८ हजार २६२ मत गणना सकिएको छ। जसमा नेपाली कांग्रेसका गोबिन्द भट्टराईले १४ हजार ४६२ र एमालेका सर्वेन्द्र खनालले ७ हजार ९१ मत पाएका छन्।
आज राति नै त्यहाँ अन्तिम परिणाम आउने सम्भावना छ।
यसअघि निर्वाचित कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सांसद पदमा त्यहाँ उपनिर्वाचन भएको हो। तर उपनिर्वाचनमा कांग्रेसले आफ्नो सिट सुरक्षित गर्न सकेन भने कांग्रेस छाडेका वाग्ले निर्वाचित हुन लागेका हुन्।
२०८० वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








