बारा-२ : उपेन्द्रको अग्रता कायमै
२०८० वैशाख ११ गते

काठमाडौँ । बाराको मतगणनामा उपेन्द्र यादवको अग्रता कायम छ ।
प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणनामा बारा–२ को करैयामाई गाउँपालिका वडा नम्बर १ र २ बुथको मतगणना भइरहेको छ ।
यादवले ५ सय १३ मत ल्याएका छन् । उनी सत्ता गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार हुन् ।
त्यस्तै, माओवादी केन्द्र त्यागेर सिके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवार बनेका शिवचन्द्रप्रसाद कुशवाहाले ४ सय ८५ मत ल्याएर दोस्रो स्थान कायम गरेका छन् ।
एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ सय २० मत ल्याउँदा रास्वपाका उम्मेदवार रमेश खरेलले २ सय ७ मत ल्याएका छन् ।
२०८० वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








