बारा- २ को मतगणना सुरु
२०८० वैशाख ११ गते

काठमाडौँ । बारामा मतगणना सुरु भएको छ ।
बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको हो ।
उक्त क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा र रास्वपाका रमेश खरेल उम्मेदवार रहेका छन् ।
निर्वाचन आयोगका अनुसार शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको छ ।
अहिले मतगणना करैयामाई गाउँपालिका १ र सुवर्णपुर गाउँपालिका १ नम्बर वडाबाट सुरु गरिएको छ ।
मंसिर ४ को निर्वाचनमा बारा २ बाट रामसहाय प्रसाद यादव विजयी भएका थिए । उनी उपराष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन भएको हो ।
२०८० वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








