एसीसी प्रिमियर कप : वर्षाका कारण खेल रद्ध, साउदीसँग अंक बाँडेसँगै नेपाल सेमिफाइनलमा

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडेका हुन् ।

दुई टीमले १-१ अंक बाँडेसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।

नेपालले तीन खेलबाट ५ अंक जोडेको छ । भने, समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ । भने,चौथो स्थानमा रहेको साउदीको पनि २ अंक छ । यो समूहमा कतारले भने अंक जोड्न सकेको छैन ।

अब नेपालले अन्तिम खेल १४ वैशाखमा कीर्तिपुर मैदानमा कतारसँग खेल्नेछ । यो खेल जितेको अवस्थामा नेपाल समूह विजेता बन्नेछ ।

यस्तै, आजै कीर्तिपुर मैदानमा समूह बी अन्तर्गत हङकङ र बहराइनबीचको खेल पनि वर्षाका कारण अहिलेसम्म टस हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =